Logo

जंगलमा लुकेर जुवा खेल्दै गरेका असईसहित पाँच जना पक्राउ

                     
Logo 2021-03-17 01:03     Desk

13

प्रतीनिधीमुल्क तस्विर

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंगरक्षकसहित पाँच जुवाडे पक्राउ परेका छन् ।  हिजाे राति गोदावरी नगरपालिका-१०, खमौरास्थित जंगल क्षेत्रबाट प्रहरीले तीन लाख ३४ हजार नगदसहित उनीहरूलाई पक्रेकाे हाे ।

पक्राउ पर्नेमा डीआईजी सुवेदीका अंगरक्षक प्रहरी सहायक निरीक्षक ४२ वर्षीय पुस्कर भट्ट पनि छन् ।  यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका- ३ बस्ने ४५ वर्षीय डबल चन्द, धनगढी- ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी- ५ का ४० वर्षीय टेकबहादुर विष्ट र कञ्चनपुर भीमदत्त- ४ का ३७ वर्षीय सन्तोष चन्द पनि पक्राउ परेका छन् ।

जंगलमा बसेर जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूकाे साथबाट ३ लाख ३४ हजार नगद, खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी बरामद गरेकाे कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?