Logo

कांग्रेस नेता जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक, चिकित्सक भन्छन्, ‘उपचार जारी छ’

                     
Logo 2021-03-17 11:03     Desk

13

मस्तिष्कघातपछि उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक छ । जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार जाेशीलाई एकाएक गाह्राे भएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 'स्वास्थ्य अवस्था गम्भीर छ', उनले भने, 'उपचार जारी छ ।'

जाेशीलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे । चिकित्सकका अनुसार उनकाे मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको थियाे, जसलाई शल्यक्रिया गरेर निकाल्न निकै जटिल छ । यद्यपि, सानो शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन ड्रेन पाइप राखिएको छ ।

उनलाई १३ फागुन राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । भाेलिपल्ट १४ फागुन बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?