Logo

आजको मौसम : पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

                     
Logo 2021-03-17 11:03     Desk

13

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । नेपालमा अहिले स्थानीय बायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।

आज राति कर्णाली, गण्डकी र प्रदेश– १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि पनि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ । त्यस्तै शुक्रबार पनि पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।


लोकप्रिय छुटाउनुभयो कि ?