Logo

तल्लो इन्द्रवती जलविद्युत आयोजनाको काम नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले (एनएचपिसि)पायो

                     
Logo 2021-03-17 11:03     Desk

13

विराटनगर, ४ चैत । विद्युत विकास विभागले चैत ३ गते मंगलबार तल्लो इन्द्रावती जलविद्युतको आयोजनाको बोलकबोलको आर्थिक प्रस्ताव खोलेको छ । विद्युत विकास विभागले निजी क्षेत्रलाई विकास गर्न दिने गरी तल्लो इन्द्रावती जलविद्युतको बोलकबोल खुल्ला गरेको हो ।

बिभागले माग गरेको बोलकबोलमा ४ कम्पनीले आवेदन दिएकोमा नेशनल हाइड्रोपावर, आरएम इन्भेष्टमेन्ट कम्पनी र वाइबा एण्ड लामा–अनिल मल्टि जेभि गरी तीन कम्पनी प्राविधिक रुपमा योग्य देखिएका थिए । प्राविधिक रुपमा योग्य देखिएका कम्पनीहरुको मंगलबार बिहान ११ बजे आर्थिक प्रस्ताव खोलिएको थियो । विभागले केही दिनमा उक्त खोलिएको प्रस्तावको मूल्याँकन गरेर उत्कृष्ट एक कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ ।

विभागले तल्लो इन्द्रावती जलविद्युत आयोजना ४.५ मेगावटलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाट निजी क्षेत्रलाई विकास गर्न दिने प्रयोजनको लागि बोलपत्र माग गरेको थियो । जस अनुसार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपिसि) ले आयोजना पाउने भएको छ ।

तल्लो इन्द्रावती अख्तियारको निर्णयसँगै खारेज भएको थियो । तल्लो इन्द्रावती जलविद्युत आयोजना फुकुवा भएपछि भएपछि नेशनल हाइड्रोपवर कम्पनीले सुनकोशी हाइड्रो पावर कम्पनीमा गरेको ६४ करोड स्वपुँजी उप्लेखन गरेको छ भने नबिल बैंकलाई २० करोड जमानत ( इन्द्रावती ४ को लोनका लागि )समेत उप्लेखन गरेको छ ।

यी सवै काम चैत्र महिना भित्रै टुंगो लाग्ने छ । हालसम्म नेशनल हाइड्रोपावर कम्पनीको क्यू थ्री रिपोर्ट धेरै राम्रो रहेको छ । जसले सो कम्पनीलाई राम्रो फाइदा पुगेको छ ।

अहिले ऋणत्मक देखिएको नेशनल हाइड्रोपावर कम्पनीको आगामी आर्थिक वर्ष देखि २० % लाभांश बढ्ने क्षमता देखिन्छ । साथै अब नेशनल हाइड्रोपावर कम्पनीले तल्लो इन्द्रावती र भोजपुर जिल्लामा विकास गरिरहेको १४.१५ तल्लो इर्खुवा समेत विकास गर्न तत्काल हकप्रद शेयर पनि जारी गर्ने छ । तल्लो इर्खुवा को यहि माघ २१ गते माछापुच्छ्रे बैंक संग ऋण सम्झौता पनि भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?