Logo

विराटनगरमा विराट फुटवेयर एक्स्पो २०७७ हुने

                     
Logo 2021-03-16 08:03     Hamro Biratnagar

13

विराटनगर : विराटनगरमा एक महिनासम्म विराट फुटवेयर एक्स्पो (जुत्ता, चप्पल मेला) २०७७ हुने भएको छ ।

विराटनगरको जलजला मोडमा आउँदो चैत ५ देखि बैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने भएको हो । फुटवेयर म्यानु फ्याक्वरर्स एशोसियसन अफ नेपालले विराटनगरमा आज पत्रकार सम्मेलन गरि एक्स्पोमा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ता, चप्पल रहने भएको छ ।

फुटवेयर एशोसियसनले विराटनगरमा बिगत पाँच वर्षदेखि यस्तो एक्स्पो गर्दै आएको छ । स्वेदशी उद्योगको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्दै आएको संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।

महिना दिनसम्म लाग्ने मेलामा छाला, लेदर बेल्ट, स्कुल सुज देखि स्र्पोटस् तथा थरीथरीका जुत्ता, चप्पल हुने बताइएको छ । एक्स्पोमा राखिएको जुत्ता, चप्पलहरूमा विशेष छुट पनि राखिएको छ । १ सय देखि १० हजार सम्मका जुत्तामा १० देखि ५० प्रतिशत छुट रहेको छ । दैनिक २० हजार भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।


लोकप्रिय छुटाउनुभयो कि ?