Logo

लागूऔषध ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ

                     
Logo 2021-03-16 08:03     Hamro Biratnagar

13

झापा, चैत्र ३ : झापाको मेचिनगर नगरपालिका वडा नम्बर १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउसो साढे १ बजे भारतको दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई १५० ग्राम लागूऔषधी ब्राउन सुगरसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?