Logo

महिला लघुवित्तको पहिलो शेयर कारोबार ४ सय ३८ रुपैयाँबाट

                     
Logo 2021-03-16 03:03     Desk

13

नेप्सेमा शेयर सूचीकृत भएसँगै मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको महिला लघुवित्तको शेयर प्रतिकित्ता ४ सय ३८ रुपैयाँमा किनबेच भएको छ । स्पेसल प्रि–ओपन सेसनमा नै १० कित्ता शेयर ४ सय ३८ रुपैयाँ प्रतिकित्तामा खरिदबिक्री भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई ३ सय १३ रुपैयाँ १६ पैसादेखि ९ सय ३९ रुपैयाँ ४८ पैसासम्म ओपनिङ रेन्ज दिएको थियो । सोही रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो ।

लघुवित्तको नेप्सेमा १० लाख कित्ता शेयर सूचीकृत भएसँगै मंगलबारबाट कारोबार खुला गरिएको हो । दोस्रो बजारमा शेयर कारोबारका लागि कम्पनीले एमएलबीएसएस कारोबार संकेत पाएको छ । सोही संकेतमा मंगलबार कम्पनीको पहिलो कारोबार भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?