Logo

माओवादी केन्द्र : संसदीय दलको नेता प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ

                     
Logo 2021-03-16 03:03     Desk

13

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलोपल्ट मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकतापूर्वको अवस्थामा रहेकै अध्यक्ष प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए ।

त्यसैगरी राष्ट्रियसभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको मागसमेत गरेको उनको भनाइ छ ।

‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रूपले पदमा रहिराख्न मिल्दैन । राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ’ उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?