Logo

माधव नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई धम्क्याएर, घुर्काएर, ठेगान लगाउछु भन्ने नसोचे हुन्छ

                     
Logo 2021-03-16 01:03     Desk

13

काठमाडौं, चैत्र ३-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्याकर्तालाई अपिल गर्नुभएको छ । उहाले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम हुने चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पार्टीको चियापान कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य तथा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको सो पक्षको भेलामा एक नजर रहने स्पष्ट पार्नुभयो । ‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो’, उहाले भन्नुभयो, ‘पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइनेछ ।’

अध्यक्ष ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने चेतावनी दिनुभयो । एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताउनु भयो ।

उहाले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतर्फ घटनाक्रमहरू गइरहेको बताउनु भयो । ‘प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतिर जाँदैछ । मुद्दा लडेर ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ व्यवधान खडा गर्ने स्थिति बन्यो । पहिलो दिन नै अध्यादेशहरू पेश गर्न दिइएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुनुपर्छ, अर्थात संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो ।’


लोकप्रिय छुटाउनुभयो कि ?