Logo

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने

                     
Logo 2021-03-16 10:03     Desk

13

मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जानकारी दिँदै महाशाखाले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

भोली कर्णाली,  गण्डकी र प्रदेश नं १ का पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।


लोकप्रिय छुटाउनुभयो कि ?