Logo

आज सर्वदलीय बैठक, राष्ट्रपतिले राजनीतिक दलसँग छलफल गर्ने

                     
Logo 2021-03-16 10:03     Desk

13

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने भएकी छन् । त्यसका लागि उनले आज सर्वदलीय बैठक बोलाएकी हुन् ।राष्ट्रपति भण्डारीले छलफलका लागि पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य नेतालाई बोलाएकी छन् ।

सर्वदलीय बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति कार्यालयले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बैठकमा बोलाइएको जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको पुस ५ को निर्णय सदर गरेपछि राष्ट्रपति भण्डारी आलोचित भएकी थिइन् । प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पनि छलफल नै नगरी सदर गरिदिएको भन्दै उनको आलोचना भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?