Logo

६ लेन सडक विस्तारः धरानमा हाईवेको एक हजार घर भत्किने

                     
Logo 2021-03-15 08:03     Hamro Biratnagar

13

धरान / मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक विस्तार अन्तरगत धरानको मुख्य हाईवेका करिव एक हजार घर भत्किने भएको छ । ६ लेन सडक विस्तारको लागि धरानको मुख्य हाईवे हुदै जिरो पईन्ट सम्ममा १ हजार घर भत्किन सक्ने ६ लेन सडक विस्तार आयोजना इटहरीले जनाएको हो ।

धरानको तनकुनेबाट ब्रिटिस क्याम्प सम्म ५ किलोमिटर हाईवेलाई ६ लेन बनाउँदा १ हजार घरमा आधाउधि क्षती पुग्ने ६ लेन सडक आयोजना प्रमुख बद्रीप्रसाद शर्माले बताए । उनले भने हाईवेमा पर्ने घर भत्काईने र उनीहरुले घरको क्षतीपूर्ती पाउने छन । तर जग्गाको क्षतीपूर्ती भने पाउँदैनन् प्रमुख शर्माले भने

तर धरान उपमहागरपालिकाले भने हाईवे सडक विस्तारमा ध्यान दिएको छैन । उपमहानगरपालिकाले भने ७२ फुट मात्र क्लियर गर्न चाहेको छ । धरानको मुख्य बजार भत्कने भन्दै उपमहानगरपालिकाले चासो नदिदा ६ लेन सडक विस्तारको काममा ढिलाई भईरहेको उपमहानगरपालिका एक कर्मचारीले बताए । उनले भने मेयर सायबले ६ लेन सडक निमार्णमा चासो देखाउनु भएको छैन । उपमहानगरपालिकाले हाईवेको घरहरु नभत्काई सेउती करिरोड र सर्दु करिरोड क्षेत्रबाट लौजाने प्रस्ताव ल्याएको थियो । तर सडकले हाईवे छोडेर अन्यत्रबाट सडक लौजान नसक्ने बताउँदै आएको छ ।

सडक विस्तार आयोजनाको प्रमुख शर्माले अन्य करिरोडबाट जादा ५ किलोमिटर बाटो बनाउनु पर्ने ठाउँमा १० किलोमिटर बनाउनु पर्ने बताए । सडक घुमाएरै लौजादा पनि घरहरुमा क्षती पुग्ने उनको भनाई थियो । उपमहानगरपालिकाले निर्णय गरेर सेउती करिरोडबाट सडक लौजाने भन्यो आयोजनाले घरको क्षतीपूर्ती दिन सक्दैन प्रमुख शर्माले भने ।

सुन्दर सहर धरानमा ६ लेन नै बन्नु अति आवश्यक भएको आयोजना प्रमुख शर्मा बताउँछन । बस्ती भएको क्षेत्रमा सानो बाटो हैन ठुलो बाटो बनाउनु आवश्यक छ उनी भन्छन् । बजारको लागि पार्किङ सँगै अन्य यात्रुुहरुको लागि समेत धरानको मुख्य बजारमा ६ लेन सडकनै बनाउने उनको भनाई थियो ।

सडक विस्तार सुरु भएको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । धरान क्षेत्रमा सडक विस्तार बारे छलफल नमिल्दा ठेक्का लाग्न सकेको छैन । सडक विस्तारको काम आर्थिक वर्ष २०६९र७० देखि शुरू भएको हो ।

शर्माका अनुसार रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो सो सडकमध्ये पटकपटक गरी ३४ किलोमिटरको ठेक्का लागिसकेको छ । जम्मा १० अर्बको सो योजनामा ३४ किलोमिटर बाटो ७ अर्बमा ठेक्का लागेको हो । ठेक्का लागे जति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीहरूले काम गरिरहेका छन ।

इटहरी–धरान सडक विस्तारका लागि रुख काटेर सडक विस्तारको काम भईरहेको छ । चारकोशे जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काटेर सडक विस्तार भईरहेको आयोजनाले जनाएको छ । हाईवेमा पर्ने करिब एक हजार रुख कटान गरिसकेको छ । तरहरा देखि धरानसम्म चारकोशे झाडीको ९ किलोमिटर सडकको काम सुरु भएको हो । तरहरादेखि धरानसम्म ४ लेनको मात्र हुने आयोजनाले जनाएको छ

सडकको दायाँबायाँ ११.५  र ११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । आयोजना प्रमुख शर्माका अनुसार जंगलमा ड्रेन र फुटपाथ बनाउनु नपर्ने भएको हुँदा सोही मापदण्डमा सडक विस्तार हुने भएको हो । -Sanchar Pati


लोकप्रिय छुटाउनुभयो कि ?