Logo

दमकमा मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

                     
Logo 2021-03-12 11:03     Hamro Biratnagar

13

झापा, फागनु- २८ गते

 झापा दमक नगरपालिका -५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

गत राती सभा ९ बजे प्रदेश१-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ऐ.ऐ. ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन दमक अस्पताल उपचारमा लग्दा बाटोमा नै मृत्यु भएको छ ।

मोटरसाईकल चालक ऐ.ऐ. ४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?