Logo

पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते

                     
Logo 2021-03-12 11:03     Hamro Biratnagar

13

कोलकाता — भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् । चुनावी मनोनयनका लागि बिहीबार नन्दीग्राम पुगेकी बनर्जीले आफूलाई ४/५ जनाले धकालेपछि लडेर घाइते भएको आरोप लगाएकी छन् ।

घटनापछि बनर्जीको खुट्टामा चोट लागेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरिसकेको जनाएको छ ।

बनर्जी र उनको पार्टीले भौतिक आक्रमण भएको दाबी गरे पनि भाजपालगायत दलले यसलाई ‘बनर्जीको प्रोपोगान्डा’ भनेका छन् । घाइते भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी बनर्जीले एक भिडियो सन्देश जारी गर्दै हात र खुट्टामा चोट लागेको र छातीमा दुखाई महसुस भएको जनाएकी छन् ।

सन्देशमा उनले आफ्ना समर्थकहरूलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले थप उपचारका लागि कोलकाता जाने पनि उल्लेख गरेकी छन् ।      -Ekantipur


लोकप्रिय छुटाउनुभयो कि ?