Logo

भारतमा कोरोना खोपका दुबै डोज लगाइसके पछि पनि दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमित पुष्टि

                     
Logo 2021-03-12 11:03     Hamro Biratnagar

13

भारतमा कोरोना खोप अभियान जारी छ । अहिलेसम्म भारतमा साढे दुई करोड भन्दा बढीले कोरोना खोप लगाइसकेका छन् । यसैबीच, केही चिन्ताजनक खबरहरु समेत सार्वजनिक भैरहेका छन् । पछिल्लो खबर अनुसार महाराष्ट्रमा दुई स्वास्थ्यकर्मी कोरोना खोपका दुबै डोज लगाइसके पछि पनि कोरोना संक्रमित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्रको जालनामा सरकारी अस्पतालमा कार्यरत कर्मचारी खोपको दुई डोज लिएपछि पनि कोरोनाको चपेटामा आएका छन्, यद्यपि अहिले उनीहरुमा कोरोनाको लक्षण भने निकै कम छ । स्थानिय एडिसनल सर्जन पद्यजा सराफले यसबारेमा के भनेका छन् भने खोप लगाएको करिव ४२ दिनपछि एन्टिबडी विकसित हुन्छ । यसक्रममा हरेक व्यक्तिले मास्क लगाइरहनु पर्छ र सबै प्रकारका नियमहरु पालना गर्नु पर्छ ।

महाराष्ट्रमा अहिले कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो दिन नै पुरै राज्यमा १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन गत वर्षको कीर्तिमानी तथ्यांक हो । केवल जालना जिल्लामा मात्र कुल २ सय ४ नयाँ संक्रमित फेला परेका छन् । यसैबीच, भारतकै पश्चिम बंगालमा दुई वृद्ध व्यक्तिको निधन भएको छ, दुबैलाई कोरोनाको खोप दिइएको थियो । सरकारी अधिकारीका अनुसार खोपको डोज लिएपछि दुबै वृद्धको निधन भएको हो । यद्यपि, यसबारेमा थप अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुको निधन मुटुको रोगका कारणले भएको हो ।

यद्यपि, अन्तिम परिणाम भने आइसकेको छैन । यो घटना बंगालको दार्जिलिङ तथा धूपगिरी क्षेत्रको हो । भारतमा यतिबेला खोप अभियानको दोस्रो चरण जारी छ । अहिले ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाईंदैछ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?