Logo

दुई सातादेखि विराटनगरलगायत देशका विभिन्न ठाउँमा कुकुरमा पार्भो भाइरसको संक्रमण, भकाभक मर्न थाले

                     
Logo 2021-03-11 12:03     Desk

13

राहुल सोनी /विराटनगर, २७ फागुन । विश्वभर महामारिकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख भइरहेका बेला कुकुरहरुमा क्यानाइन पार्भो भाइरसको संक्रमण बढेको छ । विराटनगरलगायत देशका विभिन्न ठाउँहरुमा कुकुरहरुमा क्यानाइन पार्भो भाइरसको संक्रमण बढ्दै गएको हो ।

भाइरस संक्रमणका कारण कुकुरहरु विरामी परेर मर्न थालेका छन् । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुका अनुसार विभिन्न स्थानमा पार्भो भाईरसका कारण कुकुरहरु विरामी पर्दै मर्न थालेका हुन् । पार्भो भाइरसको संक्रमण भएका कुकुरहरु समयमै उपचार हुन नसक्दा मर्न थालेका हुन् । पछिल्लो समय विराटनगर लगायतका विभिन्न स्थानमा सो पार्भो भाइरसको संक्रमण भएका कुकुरहरुको समयमै उपचार हुन नसक्दा मृत्यु हुन थालेको हो ।

मौषममा आएको परिवर्तनसँगै भाईरलका कारणले कुकुरहरुमा संक्रमण बढ्दै गएको विज्ञहरुले बताएका छन् । पशु अस्पतालमा उपचारका लागि लगिने कुकुरहरुलाई परिक्षण गर्दा प्राय अधिकांसमा पार्भो भाईरसको संक्रमण देखिने गरेको पशुचिकित्सकहरुले बताएका छन् ।

यो भाइरस विषेशगरी कुकुरहरुमा देखा पर्ने गर्छ । घरपालुवा तथा भुस्याया कुकुरमा सो भाइरसको संक्रमण हुने गर्दछ । घरपालुवा कुकुरहरुलाई उपचारका लागी लगिने गरिएपनि सडकमा रहेका भुस्याहा कुकुरहरुको उपचारमा भने कसैले ध्यान नदिएको पशुअधिरकर्मीहरुले गुनासो गरेका छन् ।

सिजनेवल भाईरल संक्रमण भएकोले यसलाई बढ्न नदिन सडकमा हिड्ने भुस्याहा कुकुरहरुको पनि व्यवस्थापन गर्न जरुरी रहेको सरोकारवालाहरुको भनाई छ । कुकुरहरुमा मात्र देखा पर्ने पार्भो भाइरस एक सरुवा रोग हो ।

यो मौषममा कुकुरहरुमा बढि पार्भो भाईरस संक्रमण देखिने गरेको चिकित्सकहरुको भनाई छ । कुकुरहरुलाई नियमीत खोप नलगाउदा यस्तो समस्या देखापर्ने पशु चिकित्सकहरु बताउछन् । कुकुरहरुलाई डिएचएलपिपि नामक नियमीत ५ वटा खोप दिएमा यस्ता संक्रमण नहुने पशुचिकित्सकहरुको भनाई छ । सवै घरमा घरपालुवा कुकुरहरुमा नियमित खोप लगाउने चलन नभएकोले यस्तो खालको समस्या देखिएको जनाइएको छ ।

कुकुरलाई जन्मीएको ६ देखि ८ हप्तामा पार्भो विरुद्धको नियमीत खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । पहिलो खोप लगाएको एकमहिना पछि दोश्रो र प्रत्येक वर्ष नियमीत खोप लगाउनु पर्छ ।

मौषममा बदली आएसँगै कुकुरहरुमा पार्भो भाईरसको संक्रमण बढ्ने गर्दछ । पार्भो भाइरसको सक्रमण भएका कुकुरहरुमा खान मन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने, थकानको महसुस हुने, शरिरमा पानिको कमि हुने, वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् । सामान्यतया पार्भो भाइरसक खतरनाक समस्या नभएपनि उपचार नभएमा कुकुरहरुको मृत्यु हुने चिकित्सकहरु बताउँछन् ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?