Logo

एमालेको नेपाल–खनाल समूह भेला सुरु

                     
Logo 2021-03-10 05:03     Desk

13

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहको अनौपचारिक केन्द्रीय सदस्यको भेला सुरु भएको छ । बानेश्वरको अर्याल होटलमा भेला सुरु भएको हो ।

भेलामा नेपाल–खनाल समूहका अधिकांश केन्द्रीय नेताहरू भेला भएका छन् । एमालेभित्र आउँदा दिनमा हुन अन्तरसंघर्षबारे रणनीति निर्माणमा छलफल गर्न भेला भएको हो ।

एमालेभित्रै रहेर अध्यक्ष केपी ओलीको प्रवृत्तिविरुद्ध सर्घष गर्ने निर्णयसहित एमालेमै रहने नेपाल–खनाल समूहले निर्णय गरेको थियो । तर, अहिलेसम्म एमालेको ओली पक्षले नेपाल–खनाल समूह औपचारिक रूपमा बोलचालसमेत गरेको छैन ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?