Logo

उद्योगमन्त्री भट्टले भने- माओवादी केन्द्रमा फर्किने सम्भावना छैन

                     
Logo 2021-03-10 04:03     Desk

13

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री भट्टले पुरानो पार्टी माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आफूहरू एमालेमै रहने उनले बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूले छलफल गरिरहेको पनि बताए । पार्टी एकतापछि आफूहरू ओलीको साथमा रहेकोे बताउँदै उनले भने, ‘हामी अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यूसँग कुराकानी र छलफल गरिरहेका छौँ ।’

उनले आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताए । मन्त्री भट्ट २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवाद टुंग्याउँदै त्यसको आधिकारिकता ऋषिराम कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए ।

सर्वोच्च अदालतको फैसलाका आधारमा निर्वाचन आयोगले पनि एमाले र माओवादी केन्द्र अलगअलग दल भएको निर्णय गरेपछि औपचारिक रुपमा दुबै दल ब्युँतिएका छन् ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?