Logo

चैत २६ गतेदेखि विराटनगरमा हुने ‘विराट गोल्डकप’ को तयारी तीब्र

                     
Logo 2021-03-10 09:03     Desk

13

विराटनगर, २६ फागुन विराट गोल्डकप फुटबल प्रतियोगिताको दिन नजिकिएसंगै तयारी तीब्र पारिएको छ । चैत अन्तिम साताबाट आयोजनाहुने प्रतियोगिताको छैठौं संस्करणकालागि यतिखेर मैदान ब्यवस्थितगर्ने तथा उपसमितिहरु गठनगर्ने काम भइरहेको छ ।

आउँदो चैत २६ बाट प्रदेश राजधानी विराटनगरमा देशकै प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगिता संचालनगर्ने तयारी गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहिद रंगशालामा आयोजना हुने प्रतियोगिताको छैठौं संस्करणकालागि यतिखेर मैदान सफागर्ने घेराबेरा मर्मत गर्ने र विभिन्न उपसमितिहरु गठन गर्ने काम गरिंदैछ ।

यसपटक चैत २६ बाट बैशाख ५ सम्म प्रतियोगिता आयोजना हुने बताइएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा प्रदेश प्रहरीको सहयोगमा रंगशाला मैदानको सरसफाई गरिएको छ ।

गोल्डकप आयोजक समिति र १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएका २ सय ५० जना प्रहरी जवानहरुले शहिद रंगशालाको सरसफाई गरेका छन । प्रतियोगिताको छैठौं संस्करण आयोजनाकालागि एन्फाले चैत २६ बाट प्रतियोगिता आयोजनागर्न अनुमति दिइसकेको छ ।

यसपटकको खेलमा नेपाल तथा भारतका १० वटा ए डिभिजन क्लबहरुलाई सहभागि गराउने तयारी गरिएको विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए । तेश्रो मुलुकको एउटा टिमलाई समेत सहभागि गराउनेगरि प्रयास जारी राखिएको उनले बताए ।

प्रतियोगितामा रात्रीकालिन खेल सञ्चालनका निम्ति आवश्यकपर्ने फ्ल्डलाईट समेत मैदानमा जडान गरिसकिएको छ । प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाको लगानीमा रंगशालाको चारै कुनामा फ्ल्ड लाईट जडानगरि परीक्षण समेत गरिसकिएको छ ।

यसपटकको प्रतियोगितामा रात्रीकालिन खेलहरु संचालनगर्ने आयोजक समितिले तयारी गरेको छ । यसैगरि प्रतियोगिताको उद्घाटन समारोहलाई बिगतभन्दा थप भब्य बनाउनेगरि तयारी गरिएको गोल्डकप आयोजक समिति २०७७ का संयोजक मनोज विक्रम शाहले बताए ।

प्रतियोगिताका उपाधि बिजेता र उपबिजेतालाई प्रदान गर्ने पुरस्कार राशिमा पनि यसबर्ष बृद्धि गरिएको छ । यसपल्टको बिजेतालाई १५ लाख १५ हजार र उपबिजेतालाई ७ लाख ५१ हजार पुरस्कार राशि प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । यसअघि २०७४ सालमा आयोजना गरिएको प्रतियोगिताका बिजेतालाई १२ लाख रुपैया पुरस्कार प्रदान गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?