Logo

जसपा संसदीय दलको एकीकरण, तत्काललाई दलको नेता महन्थ ठाकुर

                     
Logo 2021-03-10 12:03     Desk

13

जनता समाजवादी पार्टी (जसपा) एकीकरण गर्न बनेको विधानको मस्यौदा अध्ययनका लागि वितरण गरेको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलको नेता चयनका लागि विधान बनाउन मस्यौदा वितरण गरिएको हो ।

संसदीय दलको नेतामा तत्कालका लागि ज्येष्ठताका आधारमा महन्थ ठाकुर चयन भएका छन् । विधान बनेपछि अर्को बैठक बसेर संसदीय दलको नेता चयन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठकसँगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रूपमा समायोजन भएको छ ।

बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाइ वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद राजेन्द्र महतोले जानकारी दिए ।

साथै आजको बैठकमा महन्थ ठाकुरले एमालेसँग सत्ता साझेदारीका लागि गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल गठन भएको ब्रिफिङ गरेका थिए ।

ब्रिफिङपछि बैठकमा उपस्थित सदस्यले एकलौटी गरेको भन्दै व्यावक आक्रोश पोखेका थिए ।कार्यदलमा जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण, एमालेका तर्फबाट संदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई रहेका छन् । त्यस्तै, सत्ता सहकार्यका लागि सबै पक्षसँग वार्ता गर्ने पनि निर्णय गरेको नेता महतोले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?