Logo

माओवादीले एमालेसँग पनि वार्ता गर्ने

                     
Logo 2021-03-09 04:03     Desk

13

नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउने सन्दर्भमा एमालेसँग पनि वार्ता गर्ने भएको छ । पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार बनाउन एमालेसहितका राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘संसद्, सरकार र संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादीसहितका पार्टीहरूसँग छलफल, परामर्श, वार्ता गर्ने निर्णय भएको छ’, बैठकपछि पत्रकारहरूमाझ उनले भने, ‘त्यसो त हामी नेकपा एमालेसँग पनि आवश्यकताअनुसार वार्ताको प्रक्रिया अगाडि बढाउने छौँ ।' वार्ता शीर्ष नेताहरूले नै गर्ने पनि उनले जानकारी दिए । एमालेलाई माओवादीले दिएको समर्थन फिर्ता लिने/नलिने भन्नेबारेमा छलफल नभएको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?