Logo

ओली-प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज, ओलीलाई एमाले र प्रचण्डलाई माओवादी दिने आयोगको निर्णय

                     
Logo 2021-03-09 04:03     Desk

13

निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई उत्प्रेषणको आदेशबाट बदर गरेपछि आयोगले दर्ता नम्बर १४५ मा रहेको नेकपा खारेज गरेको हो । आयोगले उक्त कुराको जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

आयोगलले एमालेमा केपी ओली र माओवादी केन्द्रमा प्रचण्ड नै अध्यक्ष रहने गरी निर्णय गरेको हो । साथै पूर्ववत अवस्थामै फर्किएकाले एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए पुनः १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने भएको छ । सर्वोच्चले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिँदै नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिने गरी फैसला गरेको थियो ।

उक्त फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा आयोगले दुवै दललाई पत्र पठाउने पनि भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?