Logo

धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

                     
Logo 2021-03-09 11:03     Desk

13

धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) को बोर्ड राखिएको छ । सर्वाेच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएपछि धुम्बाराहीस्थित पार्टी मुख्यालयमा एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्युँताएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?