Logo

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

                     
Logo 2021-03-09 10:03     Desk

13

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिँदै महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बुधबार अपराह्नपश्चात देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।


लोकप्रिय छुटाउनुभयो कि ?