Logo

बाँकेको नरैनापुरमा आगलागी, २२ घर जलेर नष्ट

                     
Logo 2021-03-09 10:03     Desk

13

सांकेतिक तस्बीर

बाँकेको नरैनापुर गाउँपालिका-१ सुइयामा आगलागी भएको छ । सोमबार भएको आगलागीमा परी २२ घर जलेर नष्ट भएका छन् । दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयले बताएका छन् । सोमबार बिहान ११ बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजारका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले खानाको व्यवस्था गरेको प्रजिअ कुरुम्वाङले जानकारी दिए । अहिले यहाँका स्थानीयको विचल्ली भएको छ । बालबच्चाहरु गासँबासको समस्यामा छन् । आगलागीका कारण करोडौँको क्षति भएको कुरुम्वाङले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?