Logo

ओलीलाई पार्टीबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीको मुहार झलझली सम्झना भइरहेको छ : सूर्य थापा

                     
Logo 2021-03-09 10:03     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई पार्टी सदस्यबाट निष्कासित गरेको घोषणा गर्ने ‘अपराधीहरु’को मुहार झलझली सम्झना भइरहेको बताएका छन् ।

थापाले मंगलबार बिहान गरेको ट्विट्मा उक्त कुरा उल्लेख गरेका हुन् । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,' थापाले लेखेका छन्, 'दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।'

सर्वोच्चले नेकपाको नामसम्बन्धी विवादमा छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो । त्यसपछि ओलीसँग चर्को असन्तुष्टि राखेका माधव नेपाललगायतका नेताहरूले पूर्वएमालेमै रहेर ओलीप्रवृत्तिविरूद्ध संघर्ष गर्ने जनाएका थिए ।

नेकपामा चर्को विवाद हुँदा प्रचण्ड-माधव समूहले ओलीलाई पार्टी सदस्यबाट निष्कासित गरेको थियो । त्यसपछि नेपाल तथा खनाललगायत पूर्वएमाले नेताहरूले सार्वजनिक रूपमै ओलीलाई पार्टीबाट निष्कासित गरेको बताएका थिए । सोही भनाइलाई लक्षित गर्दै थापाले ट्विट् गरेका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?