Logo

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग

                     
Logo 2021-03-08 07:03     Desk

13

एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग रुपमा अघि बढ्ने भएका छौँ ।'

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएको थियो । उक्त फैसालपछि बसेको प्रचण्ड-माधव समूहको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकमा बोल्ने नेताहरूले एकता जोगाउने सम्भावनाबारे ओली र प्रचण्डले मिलेर छलफल गर्नुपर्ने सुझाएका छन् ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?