Logo

प्रधानमन्त्री ओलीको चुनौती : अध्यादेश फेल गर्ने आँट छ कसैको ?

                     
Logo 2021-03-08 06:03     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गरे । उनले संसदमा सांसदले संसदीय मूल्य मान्यता र मर्यादाविरीत क्रियाकलाप गरेका आरोप लगाए । मुद्दा लडेर संसद पुनर्स्थापना गराएर संसदमा धामी नाँच देखाएका आरोप पनि उनले लगाए ।

पुनर्स्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए ।

उनले भने, 'लडाइँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनाव पछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद पुनर्स्थापना किन गर्‍या'रहेछ भन्दा उफ्रिन नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।'

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफू कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै आफूलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे ।

मुलुकमा स्थायित्व काम गर्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले पुनर्स्थापन भए पनि 'दूरदिन' सुरु भएको टिप्पणी गरे ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?