Logo

यो साता शेयर बजार तीन दिन मात्र खुल्ला हुने, नेप्से आज बन्द

                     
Logo 2021-03-08 11:03     Desk

13

विराटनगर, २४ फागुन । यो साता शेयर बजार तीन दिन मात्र खुल्ला हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता सार्बजनिक विदा दुइदिन परेकाले शेयर बजार तीन दिन मात्र खुल्ला हुने भएको हो ।

सातामा शुक्रबार र शनिबारबाहेक अन्य दिन शेयर बजार खुल्ला हुने भएपनि यस पटक सोमबार र विहिबार सार्बजनिक विदा परेकाले तीन दिन मात्र शेयर बजार खुल्ने भएको हो ।

यसैबिच आज सोमबार नेप्से बन्द रहेको छ । आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस परेकाले सरकारले सार्बजनिक विदा दिएका कारण नेप्से बन्द रहेको हो । आइतबार नेप्से परिसुचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा कायम भएको थियो भने ५ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियोे ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?