Logo

चितवनको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

                     
Logo 2021-03-06 10:03     Desk

13

सांकेतिक तस्बीर

चितवन, २२ फागुन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका– १९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।

https://youtu.be/wFnziOtPA7k


लोकप्रिय छुटाउनुभयो कि ?