Logo

ब्राईट भिजन ल कलेजले गर्यो बिए एल एल बी प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको भव्य स्वागत

                     
Logo 2021-03-05 11:03     Desk

13

विराटनगर, २१ फागुन । विाटनगरस्थित ब्राईट भिजन ल कलेजले बिए एल एल बी प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार भव्य स्वागत गरेको छ । एक कार्यक्रमकाबिच सो कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत गरेको हो ।

सोही अवसरमा पाँचौ वर्ष उतीर्ण विद्यार्थीहरुलाई बिदाई समेत गरिएको छ । ब्राईट भिजन ल कलेज उपत्यका बाहिर एल एल एम सहित बिए एल एल बी अध्यापन गराउने पहिलो कलेज रहेको जनाइएको छ ।

२०६७ सालमा स्थापना भएको सो कलेज मात्र ७ जना विद्यार्थी भर्ना गरेर संचालनमा आएको थियो । १०० जना विद्यार्थी भर्ना गर्नसक्ने क्षमता भएको सो कलेज एक दशकको अवधिमा ६ वटा ब्याच विद्यार्थीहरुलाई पास आउट गरेको छ ।

कलेजका प्रधानाध्यापक बद्री प्रसाद शर्माको अध्यक्षता तथा प्रमुख अतिथी प्रदेश नम्बर एकका मुख्य न्यायधिवक्ता चुडामणि आचार्य रहेको सो कार्यक्रममा कलेजका संस्थापक तथा संचालक तुलसी प्रसाद पोखरेल र प्राध्यापक प्रमिला नेपाल सहित प्राध्यापक शान्तिराम भण्डारी, नारायण वस्ती, रुक्मणी दहाल, विश्वराम भट्टराई, यम बहादुर मगर, सुभाषचन्द्र गौतम, जिवन सापकोटा, सन्नि साह, लक्ष्मण प्रसाद गौतम सहित प्रध्यापक डा. अर्जुन बराल, डा. ज्वाला कडेल, रेसा घिमिरे, गोपाल पोखरेल, हरी पोखरेल, मञ्जु ज्ञवाली गौतम लगायत कलेजका अन्य कर्मचारी एवं विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रमका संचालन मनोज तिम्सिना र आयुषा खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

https://youtu.be/wFnziOtPA7k

 


लोकप्रिय छुटाउनुभयो कि ?