Logo

केरुङ नाका दुई सातादेखि बन्द, खुलाउन सरकारले थाल्यो पहल

                     
Logo 2021-03-01 11:03     Desk

13

तिब्बत ल्होहार पर्वको कारण देखाउँदै गत २९ माघदेखि बन्द केरुङ नाका खुलाउन सरकारले पहल थालेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार ल्हासास्थित महावाणिज्य दूतावासमार्फत केरुङ नाका पुनः सञ्चालनका लागि पहल गरिएको हो ।

यसबारे हिजो आइतबार पनि चिनियाँ पक्षसँग छलफल भएको र  नाका खुलाउन उनीहरू सकारात्मक देखिएकाे उनले बताइन् । नाका बन्द भएपछि अहिले चीनबाट आयात गरिएका सामान रोकिएका छन् ।

कोरोनाका कारण करिब एक वर्ष यो नाका बन्दजस्तै थियो । आयात ठप्प हुन नदिन चीन र नेपालको समझदारीमा दैनिक पाँच वटा गाडी आउने गरे पनि दुई सातादेखि ती गाडीसमेत रोकिएका छन् । विभिन्न बहानामा चिनियाँ पक्षले पटक–पटक केरुङ नाका बन्द गर्दै आएको छ ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । तर, विभिन्न समयमा नाका बन्द गरेर चीनले असहयोग गरेको गुनासाे व्यापारीले गर्दै आएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?