Logo

राजीनामा गर्दिनँ, कांग्रेस र जसपाको साथ लिएर अविश्वास प्रस्तावको सामना गर्छु : प्रधानमन्त्री ओली

                     
Logo 2021-03-01 11:03     Desk

13

प्रधानमन्त्री केपी ओलीले कांग्रेस र जसपाको साथ लिएर संसदमा अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले अविश्वास प्रस्तावलाई पराजित गरिदिने दाबी पनि गरे ।

आफूले तत्काल राजीनामा गरे मुलुक अस्थिरतातर्फ जाने ओलीकाे जिकिर छ । ‘मैले राजीनामा गरेँ भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ । त्यो परिणाममा मुलुक पुग्छ । किनभने प्रधानमन्त्री खोज्न हिँडुपर्‍यो । चितवनबाट काठमाडौं आएर सिधै बूढानिलकण्ठ जाँदा पनि प्रधानमन्त्री फेला परेको छैन’, उनले भने ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाउँदा चितवनमा रहेका प्रचण्ड भोलिपल्ट काठमाडौँ आएर विमानस्थलबाट सिधै बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका थिए । सोही सन्दर्भतिर संकेत गर्दै ओलीले भने, ‘घर दक्षिणतिर छ, चितवनबाट काठमाडौं आएर सिधै बूढानिलकण्ठ गएर प्रधानमन्त्री पद सुम्पिन खोज्दा पनि लिईदिनेले साथीहरूसँग सल्लाह गरेर जवाफ दिउँला भनेका छन् । यो अस्थिरताकै संकेत हो ।’ सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरे पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ नभनेकाे उनकाे तर्क थियाे ।

अविश्वास प्रस्ताव सामना गर्न अंकगणित त चाहिन्छ नि भन्ने प्रश्नमा ओली भने, ‘नेपाली कांग्रेस र मधेसवादी दलले राजनीति गरेको, कुनै अमुक महत्वाकांक्षी व्यक्ति, जो पदभन्दा बाहिर रहन नसकेर छटपटाएर राष्ट्रि उपद्रो मच्चउँछ, त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि उहाँहरूले पार्टी खोल्या हो ?’

लोकतन्त्रको पक्षमा लड्न कांग्रेससँग आफ्नो पुरानै समझदारी रहेको पनि ओली दाबी गरे । ओलीले दाबी गरेजस्तो कांग्रेस र जसपाले नेकपाका दुई समूहमध्ये कसलाई साथ दिने अहिलेसम्म संस्थागत निर्णय गरेका छैनन् ।

उनले आफू पद गए दुःखी नहुने बताए । ‘म हौसियर अविरजात्रा गर्ने, लड्डु खाने अथवा मेरा पक्षमा फैसला भएन भने उत्पात मच्चाउँछु, आगो बाल्छु, डढेलो लगाउँछु, देश भत्काउँछु, डढेलो लगाउँछु भन्ने खालको मान्छे होइन’, उनले भने, ‘म पद जाँदैगर्दा पनि खुसी हुन्छ किनभने मैले देशका लागि राम्रो काम गरेको छु, इमान्दारीपूर्वक काम गरेको छु ।’

तर, पछि उनले आफूले राजीनामा दिए मुलुक राजनीतिक अस्थिरतातिर जाने भन्दै अविश्वास प्रस्ताव सामना गर्ने र विश्वासको मत लिएर देखाउने दाबी गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?