Logo

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगलाई आधिकारिकताबारे निर्णय दिन ध्यानाकर्षण गराउने

                     
Logo 2021-03-01 11:03     Desk

13

नेकपा  प्रचण्ड-माधव समूहले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र संसद्‍मा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवालय सदस्यहरूको बैठकले दुवै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकको मिति भने तय नभएको श्रेष्ठले बताए ।

सचिवालय बैठकले नेकपाको आधिकारिकताबारे अनिर्णितको अवस्थामा नरहन र यथासिघ्र निर्णय गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?