Logo

संसद् अधिवेशन २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

                     
Logo 2021-03-01 11:03     Desk

13

सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते दिउँसो चार बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । यसअघि गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाउँदै १३ दिनभित्र संसद् बैठक बोलाउन परमादेश जारी गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?