Logo

प्रतिनिधिसभा पुनःस्थापना : माधव नेपालले टेलिफोनमा कसलाई हिन्दी भाषामा यसरी गरे बिफ्रिङ ? (भिडियोसहित)

                     
Logo 2021-02-23 11:02     Desk

13

काठमाडौं, फागुन ११-प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसक्नु भएको छ ।

सर्वोच्चले फैसला दिने बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने चितवनमा रहनु भएको थियो । बुधबार हुने सभालाई सम्बोधन गर्न उहाहरु त्यहा पुग्नु भएको थियो । चितवनको एक होटलमा रहेका बेला उहाँ कसैसँग सम्वाद गरिरहेको भिडियो सार्वजनिक भएको छ । प्रचण्ड कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिईरहनु भएको बेला सँगै रहनु भएका नेपाल भने कसैसँग टेलिफोनमा सम्बादमा हुनुहुन्छ ।

शुरुमा अंग्रेजीमा उहाले केही बोलेको सुनिन्छ, ‘या या थ्याक्यु सो मच’ फेरी केही नसुनिएपछि उहाले हेला भन्दै बोल्नु हुन्छ । ‘हा वास्ता क्या हे कि हामरा संसदीय विधि है, और पार्टी के साथ मिटिङ होगी, और उसी मिटिङ के जरिए कैसे जा सकते है ।’ त्यही क्रममा प्रचण्ड अन्तर्वार्ता दिईरहेकाले आवाज प्रष्टसँग सुनिदैन । तर, पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले भिडियो नखिच्न हातले इशारा गर्नुहुन्छ ।

भिडियो स्रोत – रिपोर्टस नेपाल

https://janatatimes.com/wp-content/uploads/2021/02/2021-02-23_22-44-08.mp4


लोकप्रिय छुटाउनुभयो कि ?