Logo

इप्रका उर्लाबारी दिनभर घेराउ, अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै

                     
Logo 2021-02-23 11:02     Desk

13

मोरङको उर्लाबारीमा शंकास्पद मृत्यु भएका पुरुषको छानविनमा प्रहरीले लापरवाही गरेको भन्दै आफन्तले नाराबाजी गरेका छन् । शंकास्पद मृत्यु भएका उर्लाबारी–५ का प्रवीण बास्तोला मृत्युको अनुसन्धान प्रतिवेदन (मिसिल) मा फोटो परिवर्तन भएको पाइएपछि आफन्तले नाराबाजी गरेका हुन् । मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए ।

घटना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन समितिको मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो । जसमा एउटा फोटो भने अरु नै व्यक्तिको थियो ।

मृत्यु शङ्कास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली सहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले शङ्कास्पद भनिएका रणपहेलीलाई पक्राउ गरेको थियो । तर माघ २ गते उनलाई सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा प्रहरीले छाड्ेको थियो ।

मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा उत्रिएका हुन् ।

आफन्तले प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको आरोप लगाएका छन् । गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको भोलिपल्ट राति करिब ११ बजे मत्यु भएको आफन्तलाई खबर पुगेको थियो । आफन्तले प्रवीणको शव गोदावारी अस्पतालमा फेला पारेका थिए । यसैबीच युवकको मृत्यु सम्बन्धी घटनाको अनुसन्धानमा प्रहरीबाट व्यापक कमजोरी भएको विरोधमा जनस्तरबाट विरोध भएपछि प्रहरीले छानबिन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले परिवारजनबाट अनुसन्धानको सम्बन्धमा उठाएका गुनासाहरु विभिन्न सामाजिक संजालमा सम्प्रेषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ । यसको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मान बहादुर राईको संयोजकत्वमा छानविन समिति गठन भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?