Logo

अदालतको फैसलाको सम्मान गर्छौँ : उपप्रधानमन्त्री पोखरेल

                     
Logo 2021-02-23 11:02     Desk

13

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले संसद विघटनविरुद्धको मुद्दामा अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् ।

ओली समूहनिकट प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायपालिकाका निर्णयलाई सबैले शिरोधार्य गनुपर्ने बताए ।

‘हामी शक्ति पृथकीरणमा विश्वास गर्छौ । लोकतन्त्रमा विश्वास गर्ने सबैले न्यायपालिकाका निर्णयलाई शिरोधार्य गनुपर्छ,’ उनले भने, ‘हामी अदालतबाट हुने फैसाललाई सम्मान गर्छौँ ।’

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा जाने कुरा कांग्रेसलगायतका पार्टीको हितमा भएका उल्लेख गर्दै निर्वाचनबाट देश ताजा जनादेशमा जाने विश्वास व्याक्त गरे । उनले सूर्य चिह्न ओलीले नेतृत्व गरेको पार्टीले नपाए अरुले पाउने  कुरामा आफूले विश्वास नगर्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?