Logo

नेकपा प्रचण्ड–नेपाल निकट दलित संगठनद्वारा विराटनगरमा विरोध प्रदर्शन

                     
Logo 2021-02-22 10:02     Desk

13

विराटनगर, १० फागुन । नेकपा प्रचण्ड–माधव नेपाल निकक नेपाल दलित मुक्ती संगठन मोरङले विराटनगरमा र्याली तथा विरोध सभा गरेको छ । प्रतिनिधिसभा विघटनकोविरुद्धमा संगठनले र्याली तथा बिरोधसभा गरेको हो ।

सो क्रममा विराटनगर तीनपैनीस्थित पुर्व माओबादी पार्टी कार्यालय परिसरबाट ¥याली निकालिएको प्रचण्ड–नेपाल निकट संगठन मोरङका संयोजक कपिल सुनारले जानकारी दिए । र्यालीले तीनपैनी चोकहुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी लगायतले प्रधानमन्त्रीले चालेको कदम प्रतिगामी रहेको दाबी गरे । सहभागि वक्ताहरुले नेपाली दलित आन्दोलनका अगुवा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर दलित समुदायमाथि सरकारले घोर अपमान गरेको आरोप समेत लगाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?