Logo

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

                     
Logo 2021-02-22 11:02     Desk

13

रुपन्देहीको मर्चवारमा उद्घाटनका लागि तयार गरिएको शिलालेख हराएको दुई दिन नबित्दै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको राप्ती नदीमा निर्मित पुलको शिलालेख तोडफोड भएको छ ।

प्रधानमन्त्री ओलीले १२ माघमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने पुलको उद्घाटन गरेका थिए । २२ मंसिर २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुलको शिलान्यास गरेका थिए ।

स्थानीयले शनिबार प्रहरीलाई शिलालेख तोडफोड भएको खबर गरेका थिए । सो शिलालेख ४÷५ दिनअघि नै तोडफोड भएको स्थानीयको भनाइ छ ।

शिलालेख कस्ले र किन तोडफोड गरेको हो ? भन्ने प्रष्ट भएको छैन । शनिबार र आइतबार दिनभर लगाएर खोजी गरेको भए पनि प्रहरीले तोडफोड गर्नेको पहिचान गर्न सकेको छैन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलालेख तोडफोड तथा चोरी हुँदैमा विकाशका आयोजनाको प्रतिफल समाप्त नहुने उल्लेख गरेका छन् ।

झन्डै एक अर्बको लगानीमा निर्मित पुलको लम्बाइ ८ सय ६० मिटर र चौढाइ साढे १० मिटर छ । यो नेपालकै दोस्रो लामो पुल हो । पुलले राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?