Logo

अध्यक्षले राजीनामा स्वीकृत गरिदिएकी उपाध्यक्षको अदालतद्वारा पुनर्बहाली

                     
Logo 2021-02-22 10:02     Desk

13

उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पुनर्बहाली भएको छ ।

उपाध्यक्ष विष्टले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले १७ पुसमा उक्त राजीनामा स्वीकृत गरेका थिए । उपाध्यक्ष विष्ट स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको  राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको बताइन् । २८ पुसमा उनी उक्त राजीनामा बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न पाउँ भनी अदालत गएकी थिइन् ।

५ फागुनमा उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?