Logo

भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

                     
Logo 2021-02-21 03:02     Desk

13

नेपालले भारतबाट किनेको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज खोप आइतबार एयर इन्डिया दिल्लीको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

नेपालले यसअघि भारतीय कम्प्नी सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नेपालले खोपका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ । यसअघि भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाललाई सहयोग गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?