Logo

उर्लाबारीमा भयंकर सडक दुर्घटना, ट्रकको ठक्करबाट २ जनाको मृत्यु

                     
Logo 2021-02-21 10:02     Desk

13

विराटनगर, ९ फागुन । मोरङ उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका (४ स्थित पुर्व(पश्चिम राजमार्गमा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाइते भएका थिए ।

घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सभा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भिम बहादुर दाहाल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?