Logo

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

                     
Logo 2021-02-21 10:02     Desk

13

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । नेकपाको विवादका कारण स्थगित बैठक सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो २ बजेका लागि डाकेका छन् । तर बैठक सञ्चालन हुने या नहुने विषयमा अन्यौल कायमै छ ।

मुख्यमन्त्री शेरधन राई पक्षले भीम आचार्य पक्षका १६ जना सांसदलाई गरेको कारबाहीको विषय टुंगो नलागी बैठक अघि बढ्न नसक्ने अडान राख्दै आएको छ ।

आचार्य पक्ष र पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक सञ्चालन गरी मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल गराउन सभामुख भण्डारीलाई दबाब दिँदै आएका छन् । तर मुख्यमन्त्री पक्षले दल विभाजन टुंगो नलागी बैठक सञ्चालन गरिए अबरुद्ध पार्ने रणनीति लिएको छ । सोहीकारण आजका लागि डाकिएको बैठक सञ्चालन हुने वा नहुने विषयमा अन्यौल छ ।


लोकप्रिय छुटाउनुभयो कि ?