Logo

पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि दिल्ली जाँदै

                     
Logo 2021-02-21 10:02     Desk

13

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् ।

भट्टराई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका जसपाका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

अहिले चिकित्सकहरुले न्युरो– इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले भट्टराई दिल्लीमा त्यसको उपचारका लागि जान लागेको पाण्डेले बताए । दिल्लीमा भट्टराईको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

पाण्डेका अनुसार उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र पाण्डे रहने छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?