Logo

नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

                     
Logo 2021-02-21 12:02     Desk

13

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन् ।

उनीहरूले नाका बन्द हुँदा सीमाक्षेत्रमा व्यापार गर्ने व्यापारीका साथै सर्वसाधरणलाई समस्या भएको बताएका छन् । लामो समयदेखि कोरोना महामारीका कारण बन्द रहेको नाका पहिलेजस्तै निर्विवाध रूपमा सञ्चालनमा ल्याउन उनीहरूले माग गरेका छन् ।

घोषित रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी, कालोबजारी गर्नेहरूलाई फाइदा भइरहेकोले तत्काल सहज रूपमा नाका खोल्नु पर्ने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुवरले बताए ।  नाकामा रहेका पर्यटन व्यवसाय, होटेल व्यवसाय तथा यातायात व्यवसाय धराशायी बनेकाले तत्काल नाका खुल्ला गर्न उनले माग गरेका छन् ।

नाका बन्दका कारण नेपाल भित्रिने रेमिट्यान्स, होटेल, यातायात, पर्यटन, शिक्षा, क्षेत्र पूर्ण रुपमा धरासायी भएको उनीहरूको भनाइ छ । कोरोना भाइरसको महामारीको प्रभाव देखाउँदै बाह्य तथा आन्तरिक पर्यटकको आवागमन ठप्प भएकोले व्यवसाय पलायन हुने अवस्था आइसकेको उनले बताए ।

भारत सरकारले नेपाली नागरीकका लागि आवतजावत सहज बनाए पनि नेपाल सरकारले सहज नबनाउँदा समस्या भएको भारतीय व्यापारी रवि गुप्ताले बताए  । कोरोनाको महामारी सकिँदै गएको र सीमानाकामा सहज आवतजावत नहुँदा दुबै देशका नागरिक समस्यामा परेको उनको भनाइ छ ।


लोकप्रिय छुटाउनुभयो कि ?