Logo

स्वदेश फर्किएलगत्तै खनालको टिप्पणी : ओली देशभर पञ्चभेला गर्दै हिँडे

                     
Logo 2021-02-20 11:02     Desk

13

पूर्वप्रधानमन्त्री एवं नेकपाको प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् ।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ५ पुसमा संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताएका हुन् । उनले आफू भारतमा रहदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे । आफ्नो देशको समस्या आफैँ हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेतासँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरूको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि बताए । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत खनालले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?