Logo

प्रचण्डको माया लाग्छ तर काँध हाल्न सकिँदैन : ओली

                     
Logo 2021-02-20 06:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ राखेका हुन् ।

‘प्रचण्डजीको मलाई माया लागेर आउँछ । उहाँलाई पहिले वैद्यले छाड्नुभयो त्यसपछि डाक्टर रोज्नुभयो । डाक्टरले छाडेपछि उहाँले झाँक्री रोज्नुभयो अब उहाँको सफलता सम्भव छैन। म पार्टीमा फर्किन आग्रह गर्छु,’ ओलीले भने ।

प्रचण्ड पार्टीमा नफर्किए उनलाई रामराम भन्न सक्ने तर काँध हाल्न नसक्ने उनको भनाइ छ । राजनीतिक रूपमा सिद्धिएका प्रचण्डलाई आफूले नै स्थान दिएको उनको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?