Logo

सभामुख झगडिया, उपराष्ट्रपति सरकारविरुद्ध भाषण दिँदै हिँड्नुभयो ः प्रधानमन्त्री ओली

                     
Logo 2021-02-20 05:02     Desk

13

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सरकारविरोधी झगडिया भएको बताएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको उनले बताए । ‘सभामुख बनाइएको थियो एकजनालाई उहाँ सरकारका विरुद्ध मुद्दा हाल्न जानुभएको छ,’ उनले भने, ‘सरकारविरोधी झगडिया हो सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ?’

सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले सभामुखले कीर्ते सनाखत गरेको आरोप लगाए । ‘सभामुखजस्तो पदको मान्छेले कीर्ते सनाखत गर्न सुहाउँछ ?’ उनले भने । उनले उपराष्ट्रपतिले सरकारविरुद्ध भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए । ‘उपराष्ट्रपतिजी सरकारका विरुद्ध भाषण गर्दै हिँड्नुभएको छ,’ ओलीले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?