Logo

रुरु जलविद्युत‍्को आइपीओमा आवेदन खुला

                     
Logo 2021-02-19 04:02     Desk

13

रुरु जलविद्युत् परियोजनाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आजबाट आईपीओ निष्कासन गरेको छ ।

आजबाट खुला गरेको आईपीओ परियोजनाले स्थानीयका आयोजना प्रभावितका लागि ८ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर छुट्याएको छ ।

नेपाल धितोपत्र बोर्डले गत २१ माघमा यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो । त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि आइपीओ खुला गरेको हो ।

धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले आइपीओमा न्युनतम् १० कित्ता र अधिकतम् ४ लाख कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।

क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरू तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरू तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ । पहिलो चरणको आईपीओ निष्कासन बन्द छिटोमा २१ फागुन  र ढिलामा ८ चैतमा बैंकिङ समयपछि हुने एनएमबी क्यापिटलले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?